जब दर्शक दिर्घामा सुनियो –टर्कीले तर्साउने रैछ

रुकुम कपदेखि नेपाल पुलिस क्लबसम्मको यात्रा

पाेखरा | असोज ४, २०८०

जब दर्शक दिर्घामा सुनियो –टर्कीले तर्साउने रैछ

पोखरा:  विभागीय पुलिस क्लब र घरेलु टोली गण्डकीबीच लामाचौर कपमा उपाधिका लागि घम्साघम्सी हुदै थियो ।

 

अधिकांश प्रशंसक गण्डकीको पक्षमा देखिएपनि केही भने नेपाल पुलिस क्लबलाई हौसाउँदै थिए । ‘उमेरले कलिलै भए पनि जिम्मेवारी ठुलो छ । सबैले टर्की–टर्की भन्नेरैछन् । स्पाइक पनि तर्सिने गरी नै हान्ने रैछ, ‘दर्शक दिर्घामा आवाज सुनियो, ‘केटोलाई राष्ट्रिय टिममा देख्न पाइयोस् ।’

 

अग्लो, पातलो र निकै छरिताे ज्यान, उनको स्पाइकको प्रशंसा सायदै कम हुन्छ । त्यसैले पनि उनीमाथि प्राय दर्शकको नजर थियो ।

 

यद्यपी अघिल्लो खेलमा जस्तो आफ्नो कौशल भने देखाउन सकेनन् । उनी रुकुम पश्चिमको सानीभेरी ३ का १८ वर्षीय पहल गहतराज हुन् । मैदानका पहल भएपनि प्रशंसकका भने ‘टर्की’ हुन् ।

 

सुर्खेतको खेलमा आफुभन्दा अग्ला खेलाडी थिए। 'उनलाइ टर्की भनिने रहेछ । पछि मलाइ सेकेन्ड टर्की भन्दा भन्दै प्रशंसकबाट मायालु उपनाम टर्की पाए,' उनी सुनाउँछन् ।

 

 

नेपाल पुलिस क्लबका मुख्य ४ खेलाडी एसियन गेम्सका लागि चीन गएपछि पहलले स्क्वाडमा स्थान पाएका हुन् । 

 

काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड र किङ्स कपबाट चर्चामा आएका गहतराज ‘टर्की’ ले पोखरामा सम्पन्न लामाचौर कपको उपाधि नजितेपनि दर्शकको काफि मन जिते । 

 

नेपाल पुलिस क्लबबाट सहभागिता जनाउँदै उत्कृष्ट खेल प्रदर्शन गरेका गहतराजलाई नेपाली भलिबलको उदीयमान खेलाडीको रुपमा हेरिएको छ । 

 

रुकुम कपदेखि नेपाल पुलिस क्लबसम्मको यात्रा

 

उमेरले बल्ल १८ पुगेका पहल गहतराज ‘टर्की’ छोटो समयमा नै भलिबलमा चर्चामा आएका छन् । 

 

स्थानीय क्लब र विद्यालयबाट भलिबलको विभिन्न प्रतियोगिता खेलिरहने पहलले पोखरामा सम्पन्न भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट खेलेका थिए । केही महिना अगाडि काठमाडौंमा नै सम्पन्न भएको राष्ट्रपति कपमा कर्णाली प्रदेशलाई भलिबलको उपाधि दिलाउन उनै पहलको प्रदर्शन महत्वपूर्ण रहेको थियो । 

 

रुकुम पश्चिमको गहतराज नेपाल पुलिसमा आवद्ध हुनुपछाडि रेफ्री गोपाल गुरुङको हात रहेको उनले बताए । 

 

केही महिना अगाडिरुकुम कपमा खेल सञ्चालन गर्न गएका रेफ्री गोपाल गुरुङको सल्लाहपछि नेपाल पुलिसमा स्थान बनाएका हुन् । यद्यपी उनीमाथि नेपाल पुलिस क्लबको नजर परिरहेको थियो । 

 

पहल क्लबमा आवद्ध भएको भर्खर २ महिना मात्रै भएको छ । २ महिनामा उनले २ वटा प्रतियोगिता खेलिसकेका छन् ।
‘पुलिस क्लबमा आको बल्ल २ महिना भयो । अहिलेसम्म क्लबबाट जम्मा २  वटा गेम खेलेको छु । यहाँ खेल्नु र सिभिलमा खेल्नु धेरै फरक हुनेरहेछ,’ सुनगाभा न्यूजसँग भने ।

 

उनले गाउँ, जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको क्लबमा स्थान पाएकाले सपनाको नजिक रहेको बताए । ‘खेलाडीको सपना भनेकै देशको जर्सी पहिरिने नै हुन्छ नी । मेरो पनि त्यही छ, उनले भने, ‘मेहनत गर्दैछु । अहिले उमेर पुगेको छैन । उमेर पुगेपछि भर्ती लाग्ने हो । त्यसपछि बल्ल बाँच्न सक्ने स्थिति पनि बन्छ । गेमको स्किल पनि बढ्दै जान्छ ।’

 

उनले आफ्नो खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिने बताए । ‘दाईदिदीबाट भलिबल खेल्न कुनै रोकतोक थिएन । परिवारको साथ सहयोग पाए’, उनले भने, ‘कक्षा १२ पास गरिसकेको छु । पढाईलाई र खेललाई सँगै लाने योजना छ ।’

 

उनले आफु नेपाल पुलिस क्लबबाट खेल्न पाउनु पछाडी राष्ट्रिय खेलाडीका सदस्य भइसकेका रविन चन्द, विशाल विक लगायत पुलिस क्लबको सदस्यहरुको सहयोग रहेको सुनाए । ‘नेपाल पुलिस क्लबबाट खेल्ने सबै खेलाडी तथा दाइहरुको साथ सहयोग पाएको छु’, उनले भने, ‘स्थानीय क्लबबाट खेल्दा र विभागबाट खेल्दा धेरै नै फरक हुने रहेछ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्